ओली यही वर्ष पक्राउ पर्दैछन् – नेता मेटमणि


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०
1.8K
SHARES

५ भदौ काठमाडौं । गठबन्धनघटक नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको उनको दाबी छ ।