गौरा पर्वको विशिष्ट पहिचान छ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०
1.3K
SHARES

७ भदौ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् । बुधवार विज्ञप्ति जारी गर्दैै गौरा पर्वको अवसर शुभकामना व्यक्त गरेका देउवाले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताए ।

‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको छ ।’पर्वले सबैमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न  प्रेरित गर्न सकोस् भन्दै देउवाले शुभकामना व्यक्त गरे ।