म कृषकको छोरी भएर कृषि समितिमा उठें – आरजू राणा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
2.3K
SHARES

१० भदौ काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.आरजू राणा देउवाले आफू कृषकको छोरी भएकाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छन् ।आइतबार उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के-के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

उनले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताइन् ।

राणाले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ ।’ उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।