आज सार्वजनिक बिदा नदिने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १५ २०८०
2.3K
SHARES

१५ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ १५ सरकारले दिएको सार्वजनिक बिदामा केही विद्यालयले बिदा नदिएकोमा कारबाही गर्ने भएको छ ।महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्तिमा जारी गर्दै महानगरको सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएका छन् ।

‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।