डाक्टरमाथि अप्राकृतिक मैथुनको आरोप


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २० २०८०
8.5K
SHARES

२० भदौ काठमाडौं ।  हेटौँडास्थित सिटी अस्पतालका सञ्चालकसमेत रहेका डाक्टर बसिम राईमाथि बलात्कारको आरोप लागेको छ । एक युवतीलाई जवर्जस्ती करणी गरेको अभियोग लागेका उनी आज पक्राउ परेका छन् ।

लामो समयदेखि हेटौँडामा कार्यरत जनरल फिजिसियन डाक्टर राईले पीडित भनिएकी युवतीलाई आफ्नै डेरामा लगेर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले समातेको हो । ती युवतीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हालेको किटानी जाहेरीमा डाक्टर राईले अप्राकृतिक मैथुनसमेत गरेको उल्लेख छ ।  उक्त घटना भदौ १८ गते राति भएको जनाइएको छ ।