मौलिक विशेषतामा आक्रमण भइरहेको छ – गृहमन्त्री
२३ भदौ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् ।शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए ।
प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताउँदै मन्त्री श्रेष्ठल आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको दाबी गरे ।
उनले भने, ‘आज नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ । आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ । त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख राखे । उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए । उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।