सुवास नेम्वाङ सफल राजनेता थिए – अध्यक्ष ओली
२८ भदौ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सवैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उहाको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् । सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे ।