तीन विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागेको छ – प्रधानमन्त्री
२९ भदौ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै अन्तरास्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)को सिनामंगलमा निर्माणाधिन नयाँ कार्यालय भवनको औपचारिक उद्घाटनका त्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले केही समय अघि सञ्चालनमा आएको भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार लागि परेको भन्दै उनले आफ्नो चीन भ्रमण यसैमा केद्रित भएको समेत उनले बताए ।‘सबै विमास्थल सञ्चालनमा सरकार लागि परेको छ, मेरो चीन भ्रमणमा तीनै एयरपोर्ट सञ्चालनमा केन्द्रित हुन्नेछ, उनले भने ।