आज प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता हुने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २ २०८०
2.8K
SHARES

२ असोज काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै छन् । अमेरिकाको न्यूयोर्कमा उनीहरूबीच संक्षिप्त भेटवार्ता हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजअघि उनीहरूबीच संक्षिप्त भेटवार्ता हुनेछ ।  भेटपछि सामूहिक फोटो खिचेर राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

स्थानीय समयअनुसार रात्रिभोज मंगलबार साँझ ७ बजेबाट सुरु हुनेछ ।  नियोगका अनुसार मंगलबार नै न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्ता स्थानीय समयअनुसार दिउँसो ४ बजे हुने जनाइएको छ ।