सरकार र शिक्षकबीच लिखित सहमति
५ असोज काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदामा सहमति भएको हो ।
गृह मन्त्रालयमा बसेको बैठकमा सहमति भएपछि दुवै पक्षबाट हस्ताक्षर भएको छ ।नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ६ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार शिक्षकको दरबन्दी मिलान तथा पद मिलान सम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने सहमति भएको छ ।
शिक्षकको मर्यादाक्रम कायम गर्ने, विधेयकमा भएका केही व्यवस्था संशोधन गर्ने लगायतमा सहमति जुटेको छ ।