आज संसद्मा अध्यक्ष ओलीले सम्बोधन गर्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०
1.9K
SHARES

१६ असोज काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ। यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका हुन्।

त्यसैगरी यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको  संसद् सचिवालयले जनाएको छ। यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ।