आज बालकृष्ण खाँणलगायतको मुद्दामा सुुनुवाई


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०
6.6K
SHARES

१८ असोज काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा जेल परेका ठूला ब्यक्तिहरुले हालेको निवेदन उच्च अदालत पाटनमा पेसी चढेको छ । न्यायाधीशद्वय श्यामजी प्रधान र दिपेन्द्र अधिकारीको संयुक्त इजलास नम्बर ७ मा उक्त निवेदनमाथि सुनुवाई हुन लागेको छ ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डेलगायतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा लागेर जेलजीवन बिताउन परेपछि त्यसविरुद्ध संयुक्त निवेदन दिएका हुन् । अदालती भाषामा ७३ नम्बर निवेदन भनिएको उक्त मुद्दा आजलाई पेसी चढेको छ ।