सुहाङ राजनीतिमा आउने संकेत , देला त टिकट पार्टीले ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
6.4K
SHARES

१९ असोज काठमाडौं । हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले पिताले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।

एमाले नेताहरूप्रति आभार प्रकट गर्दै उनले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

अधिवक्ता समेत रहेका सुहाङले पिता सुवास नेम्वाङको आकस्मिक निधनबाट मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए । सुहाङ स्वर्गीय नेम्वाङका कान्छा छोरा हुन् । उनी बुबाको राजनीतिमा समेत सहयोगी थिए ।