यी हुन् मन्त्रिपरिषद्का निणर्यहरू


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक १६ २०८०
2.5K
SHARES

१६ कार्तिक काठमाडौं । सरकारले संसद्को अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज मसेको मन्त्रिपरिषद्को बैठकले मध्यरातिदेखि चालु अधिवेशन अन्त्य गर्ने निर्णय हो । बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

ज्वालाले भने,‘आजको क्याविनेटले चालु संसद अधिवेसन २०८० कात्तिक १६ गते मध्यराति १२ बजेदेखि अन्त्य गर्ने निणर्य गरेको छ । साथै सचिवहरुको बढुवा सन्दर्भमा सहसचिव राधिका अर्याललाई प्रशासन सचिवमा बढुवा गर्ने र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गर्ने निणर्य गरेको छ ।’