एमाले सरकारबाट बाहिरियो


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
4.1K
SHARES

१८ कार्तिक विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरित माओवादी र एकीकृत विस्तार गरेपछि कोशी प्रदेशका मन्त्री राम रानाले पदबाट राजीनामा दिएका छन् । एमालेबाट मन्त्री भएका रानाले विहान पदबाट राजीनामा दिएका हुन् । मन्त्री परिषद विस्तारमा असहमति जनाउदै रानाले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

एमालेको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका कार्कीले एमालेका राम राना र काङ्ग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । केन्द्रिय सत्ता गाठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरेपछि कार्कीले विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएपछि कार्तिक १ गते केन्द्रिय सत्ता गठबन्धनका दलहरुले विश्वासको मत दिएका थिए ।

उनले विश्वासको मत पाएसँगै मन्त्रीपरिषद विस्तारमा ढिलाई गर्दै आएका थिए । उनले शुक्रवार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जवेगुलाई मन्त्री बनाएका थिए । सहमति विपरित माओवादी र समाजवादीलाई सरकारमा लगेपछी एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।