सरकारले भूकम्पमा मृत्यु भएकाका परिवारलाई दुई लाख दिने


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
1.8K
SHARES

१९ कार्तिक काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“तत्काललाई प्रतिमृतक परिवारलाई दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ,” उनले भनिन् ।जाजरकोटबाट पुनर्निर्माण कार्य अघि बढाउने निर्णय पनि सरकारले गरेको छ । भूकम्पपीडितलाई अस्थायी बसोबासका निम्ति टहरा बनाउने निर्णय गरिएको उनले जानकारी दिइन् ।

राहत र उद्धार सामग्री जिल्लाहरूमा मौज्जात राख्ने निर्णय समेत गरिएको उनले बताइन् । उक्त भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।