विप्लवसँग छिट्टै एकता – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २४ २०८०
1.7K
SHARES

२४ कार्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।  शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा हर्ष लागेको सुनाए ।

“झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो,” उनले भने, “थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।”  उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएको बताउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकताबद्ध हुने बताए ।