हेल्भेटासकी अध्यक्ष रेगुलाले प्रधानमन्त्री प्रचण्डलाई भेटिन्
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ५ २०८०
893
SHARES
५ मंसिर काठमाडौं । स्विट्जरल्यान्डको विकास संस्था हेल्भेटासकी अध्यक्ष रेगुला राइट्जले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।
भेटका क्रममा हेल्भेटासले नेपाललाई गरेको सहयोग र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । हेल्भेटासले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका देशमा मानवीय विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट