त्यहाँ गुम्म थियो, यहाँ अब अलि बढी फुर्छ होला – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ६ २०८०
1.5K
SHARES

६ मंसिर काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेका छन् । ०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिंग गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् ।

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको बताए ।

उनले भने- १२० वर्ष पुरानो भवनलाई यसको मूल संरचनालाई कायमै राखेर भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गरेर हामी अगाडि आएका छौँ । पहिले बस्दै गरेको ठाउँभन्दा ठूलो स्पेस भएकाले यहाँ सरेको हुँ । उनले पुनर्निर्माणलाई सक्न निरन्तर काम गर्ने सहरी विकास मन्त्रालय र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उनले भने- मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग चाहिँ भन्ने मैले महशुस गरेको छु ।