बल्खुमा तोडफोड र ढुंगामुढा


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ७ २०८०
2.2K
SHARES

७ मंसिर काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् ।

बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् ।