दुर्गा प्रसाईं प्रदर्शन स्थगित गरेर सांस्कृतिक कार्यक्रममा
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर १० २०८०
2.4K
SHARES
१० मंसिर काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो ।
आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ । जसअनुसार बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा कार्यक्रम हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट