एमालेलाई सरकारमा जान कसैले रोक्दैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०
1.6K
SHARES

१८ मंसिर काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।

उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिर गरे । एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेले मात्र विकास सक्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए ।

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा राखे ।