बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर २५ २०८०
1.2K
SHARES
२५ मंसिर काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए । उनले भने, ‘सदनमा विधेयकहरू थन्किएका छन् । त्यसैले अब सदन सञ्चालन गरेर विधेयक अगाडि बढाउनुपर्नेमा बैठक केन्द्रित थियो ।’
एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेकाले उक्त अभियान नसकिएसम्म सदन सुरू नगर्नेमा नेता सहमत छन् । यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा भएको बताइन्छ । एनसेल र सुन प्रकरणले सरकारको आलोचना भइरहेको छ । १९ सीटको लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डाको अन्तिम सहमति बनिसकेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट