सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी काठमाडौंबाट पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
2.2K
SHARES

१३ पुस काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलासकुमार दर्लामी पक्राउ परेका छन्। दर्लामीलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको हो।सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

उक्त सहकारीको रकम हिनामिनामा रास्वपा अध्यक्ष रवि लामिछाने समेतको संलग्नता देखिएको उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् । पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् ।