जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
1.6K
SHARES

१३ पुस काठमाडौँ । सर्वोच्च अदालतले जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरेको छ । शुक्रबार सर्वोच्चले फागुन १ गते जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको छ ।