छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १६ २०८०
1.5K
SHARES

१६ पुस काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए ।

घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए ।सोमबार सरकारले उच्चस्तरीय आयोग बनाएको भन्दै उनले भने, ‘सबै पक्षमा छानबिन गर्नेछ, दोषीलाई कारबाहीको दायरामा ल्याउने छौं ।’