मन्त्री ज्वालालाई फिर्ता बोलाउन अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको फोन


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १८ २०८०
2.3K
SHARES

१८ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो।