अब बन्द भएका सटरहरू खुल्छन् – ऊर्जामन्त्री बस्नेत
२१ पुस काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै बन्द सटरहरू खुल्ने दाबी गरेका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको उनको भनाई छ ।
कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन्,’ मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाइसकेको जानकारी समेत दिए ।
शनिबार नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै नेपाल श्रीलङ्का बन्छ भन्ने हल्लाबिच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलङ्का बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बरबादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।