भारतसँग भएको २० करोड लगानी सम्झौतामा सरकारले जुनसुकै निर्णय लिन सक्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २५ २०८०
1.9K
SHARES

२५ पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने बताएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा उनले उक्त रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने बताए ।

“भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गर्ने हो,” उनले भने, “भारतसँग भएको २० करोड लगानी सम्झौता नेपाल सरकारले चाहेको बेला जुनसुकै निर्णय लिन पाउँछ ।”