बम्जनले सोधे – यहाँ जीमखाना छैन ?


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २८ २०८०
7.6K
SHARES

२८ पुस काठमाडौ । बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका कथित तपस्वी रामबहादुर बम्जनले कारागारमा जीमको सुविधा मागेका छन् ।

बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेका हुन् ।सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो । महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ । कारागार साँघुरो छ ।

अरू धेरै सुविधा छैन । तर कारागार प्रशासनका एक कर्मचारीले भने, “आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधे । बिहान हिँडडुल गर्ने मात्र ठाउँ छ । यहाँको सुविधाबारे जानकारी गरायौँ ।”