सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १५ २०८०
2.4K
SHARES

१५  माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् । सोमबार वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औँ  स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।

“नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु,” उनले भने ।

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उनको भनाइ छ । त्यस्तै, उनले सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भइरहेको बताए ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै मेहनत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ,” उनले भने ।