अब राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् – सभापति लामिछाने
Capital Headline
प्रकाशित मिति :
शनिबार, माघ २० २०८०
2.3K
SHARES
२० माघ बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे ।छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट