जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले दियो सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २८ २०८०
3.7K
SHARES

२८ माघ काठमाडौ । गोरखाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आईतबार एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको दिन फागुन १ गते पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्वारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।