केपी ओली सुध्रिए मिठाई बाँड्छु – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
2.9K
SHARES

२९ माघ काठमाडौ ।एकीकृत समाजवादीको मधेश प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली सुध्रिने कुनै सम्भावना नरहेको बताए। अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो।

“ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन,” पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “ओली सुध्रिए भने म मिठाई बाँड्छु।”
एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको नेपालको भनाइ थियो। “उनीहरूको अहिले एमालेमा बेहाल भएको छ,” नेपालले भने।

अहिलेको गठबन्धन संविधान र जनताको अधिकारको रक्षाको लागि नै गरिएको उनको भनाइ थियो। गठबन्धन तोड्न विभिन्न खालका षड्यन्त्र भइरहेको नेपालले जिकिर गरे।