नेकपा माओवादीको विधान सम्मेलन जारी
२ फागुन काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आज पनि जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी सम्मेलनमा पार्टीको प्रस्तावित विधानमाथि छलफल गर्न २० समूह गठन गरिएको छ ।
पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले गएको पुस २७ गते अध्यक्ष प्रचण्डलाई मस्यौदा बुझाएको थियो ।