बालकुमारी घटनाको मुख्य कारण भौतिकमन्त्री ज्वाला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
2.8K
SHARES

४ फागुन काठमाडौ । गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजना युवाको ज्यान गएको घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ।

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा उक्त निष्कर्ष निकालेको हो।

उक्त आयोगका एकजना सदस्यका अनुसार बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ।