माओवादी स्थायी कमिटीको बैठक बस्दै , पदाधिकारीको जिम्मेवारी हेरफेर
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन १० २०८०
2.5K
SHARES
१० फागुन काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमान्डर तोक्नेलगायत विषयमा बैठकमा छलफल गरिनेछ । साथै, समसामयिक राजनीति र गठबन्धनको समीक्षा गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट