अनेरास्ववियुद्घारा मसाल जुलुस


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १२ २०८०
2.9K
SHARES

१२ फागुन काठमाडौं । सत्ता गठबन्धननिकट विद्यार्थीले आफ्ना नेताहरूमाथि कुटपिट गरेको भन्दै अनेरास्ववियुको अगुवाइमा काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालिएको छ ।

सत्ताको आडमा निरन्तर रूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियुमा आबद्ध विद्यार्थीले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् ।

शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट गरिएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीका विद्यार्थीले आफ्ना नेतामाथि कुटपिट गरेको आरोप लगाएको छ ।

मसाल जुलुसमा सहभागीले अस्कल क्याम्पसमा छात्रवृत्तिमा एकलौटी गरिएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाए ।