आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०
2.4K
SHARES

१६ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।  आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

‘अब आउने निर्वाचनमा हाम्रो पार्टीले सिंगल नै प्रतिस्पर्धा गर्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘यो विषय कार्यनीतिक विषय हो । रणनीतिक विषय होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ ।’