राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०
3K
SHARES

१६ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।