उपनिर्वाचन नजिकिएसँग झलनाथले बढाए सक्रियता


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
3.5K
SHARES

१९ फागुन काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न नेता खनाल आज (शनिबार) विहान बालुवाटार पुगेका हुन् । आजको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच समसामयिक राजनीति, सत्ता गठबन्धन र आगामी उपनिर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।साथै, नेता खनालले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे पनि चासो राखेको बताइएको छ ।

सहमतिमै सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभाको अध्यक्ष बनाउने पहल गर्न नेता खनालले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बताइएको छ । साथै, नेता खनालले इलाम–२ मा हुने आसन्न उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने मनशाय राखेको समेत बनाइएको छ ।