बालिका करणी गरेको आरोपमा शिक्षक पक्राउ


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
2.6K
SHARES

१९ फागुन धादिङ । सिद्धलेक गाउँपालिका ४ सलाङका ३२ वर्षीय शिव थापामगर कालिदेवी माविका शिक्षक हुन् उनी १५ वर्षिय बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङमा पीडितलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षबाट बिहिबार उजुरी दर्ता भएपछि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितको धादिङ अस्पतालमा शुक्रबार स्वास्थ्य परिक्षण गरिएको छ भने आरोपितलाई जिल्ला अदालतको अनुमतिले “जबरजस्ती करणी” मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।