बालुवाटार हिँडे ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
1.8K
SHARES

२१ फागुन काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार हिँडेका छन् । ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका हुन् ।

ओलीले सोमबार बिहान पार्टीको सचिवालय बैठक र जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटवार्ता गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ समीकरणको खाका तय गर्न ओली बालुवाटार जान लागेको बुझिएको छ ।