सचिवालयपछि थाहा हुन्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २३ २०८०
1.8K
SHARES

२३ फागुन काठमाडौं ।चासोका साथ हेरिएको नेकपा नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा नयाँ गठबन्धन र सरकार सहभागिताको विषयमा छलफल र निर्णय हुँदैछ ।

सरकारमा सहभागि हुन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले केपी शर्मा ओलीले निरन्तर अनुरोध गरिरहेका छन् । हिजो साँझमात्र उनीहरुबिच लामो संवाद भएको थियो । यता‚ आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता समिकरणको विषयमा संवाद गरेका थिए ।  बैठक प्रवेशअघि अध्यक्ष माधव नेपाललले कस्तो निर्णय आउला भन्ने प्रश्नमा भने- “बैठकपछि थाहा हुन्छ ।”