सहकारी पीडितले न्याय पाउन् – रामहरि खतिवडा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २४ २०८०
4.6K
SHARES

२४ फागुन काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्री हराएको भनी व्यङ्ग्य गरेको थियो । यसबीचमा एमाले सरकारमा सहभागी भएको छ ।

यसप्रति व्यङ्ग्य गर्दै कांग्रेस सांसद खतिवडाले भने, ‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् । सहकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन् ।’

खतिवडा अगाडि बोलेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारलाई काँध फेर्ने छुट नरहेको बताएका थिए ।त्यसप्रति संकेत गर्दै खतिवडाले भने, ‘काँध फेर्ने कुरा आयो । काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार हुनुभयो भने खुट्टा फेरिरहनुहोस् शुभकामना ।’