प्रचण्ड – ओलीबीच गोप्य भेटघाट
२६ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने भएपछि साझेदार दलका अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्। सोमबार विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको विषयमा उनीहरुबीच कुराकानी भएको स्रोतले जनाएको छ।
ओली आठ बजेपछि घरमा पुगिसक्नु पर्ने भएकाले त्यअघि नै उनीहरुबीच एक व्यापारीको घरमा भेटघाट भएको हो। ‘आठ बजे एमाले अध्यक्ष ओलीको औषधि लिने समय हुने भएकाले त्यसअघि उहाँहरुबीच भेटघाट भएको हो’, बालुवाटार निकट स्रोतले भन्यो। माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन गरेपछि दाहालले ओलीसँग मात्रै भेटघाट गरेका हुन्। नयाँ गठबन्धन बनेपछि बहुमत पुर्याउने विषयमा उनीहरुबीच कुराकानी भएको हुनसक्ने बताइएको छ।