जसपाका दुई मन्त्री थप : उपेन्द्रसहितले लिए शपथ


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
2.1K
SHARES

२७ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टीका २ मन्त्री थपिएका हुन् । उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।