मन्त्रिपरिषद् बैठकका यी १३ निर्णयहरु


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २९ २०८०
4.1K
SHARES

२९ फागुन काठमाडौँ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री वर्षमान पुनलाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जिया भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको हो ।

यस्तै दक्षिण कोरियामा आगामी चैत २८ गते हुने २२ औँ राष्ट्रिय सभाको निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । यस्तै अप्पर मादी जिरो खोला जलविद्युत आयोजना ४३ मेगावाट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल जम्मा १६ दशमलव ९३ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ ।  कालीगण्डकी रिडी १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।

यी हुन मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू :

निर्णयहरू-1निर्णयहरू-2