एमालेको एकल बहुमतका लागि माओवादीसँग सहकार्य – उपाध्यक्ष ज्ञवाली


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १ २०८०
2K
SHARES

१ चैत दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ सालको चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।प्रेस चौतारी दाङले बिहीबार बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्देश्यका साथ माओवादीसँग सहकार्य गरेर एमाले सरकारमा गएको बताए ।

´हामी २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउँछौँ । सोही उद्देश्यका साथ जनताका काम गर्न माओवादीसँग मिलेर सरकारमा गएका हौँ`, उनले भने ।सरकारका माध्यमबाट जनताका पक्षमा काम गर्ने र आगामी निर्वाचनमा एकल बहुमत ल्याउने ज्ञवालीको जिकिर छ ।