असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं – उपाध्यक्ष पाण्डे
१ चैत काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारबाट बाहिरिने बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।‘मैले प्रधानमन्त्रीलाई स्पष्टै भनेको छु, तपाईंले बोलेका कुराहरु पूरा गर्नुभएन भने असार ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नू ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’उनले प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसकिने दोहोर्याए ।